क्वालकमले मार्च १८ को कार्यक्रममा दुई नयाँ स्न्यापड्रागन चिप लन्च गर्ने

  • Technology Khabar | ३० फाल्गुन २०८०, बुधबार

काठमाडौं ।

क्वालकमले आफ्नो आगामी स्न्यापड्रागन फ्ल्यागशिप सिस्टम–अन–ए–चिप (एसओसी) को लागि मार्च १८ मा नयाँ प्रोडक्ट लन्च कन्फ्रेन्स आयोजना गर्ने भएको छ। उक्त सम्मेलनको नारा “इन्टेलिजेन्स ईज इन द कोर, एण्ड देर ईज ए ड्र्यागन इन ईट” भन्ने रहेको उल्लेख छ।

उक्त कार्यक्रममा क्वालकमले आफ्नो स्न्यापड्रागन ७+(प्लस) जेन ३ (एसएम७६७५) र स्न्यापड्रागन ८एस जेन ३ (एसएम८६३५) चिपहरू अनावरण गर्ने चर्चाहरू रहेका छन्। “क्लिफ्स” नामक आन्तरिक कोडनेम साझेदारी गरेका यी चिपहरू एउटै कोर अफरिङ्गसको विभिन्न भेरियसन भएको मानिएको छ। साथै दुबै चिपहरूले स्न्यापड्रागन ८ जेन ३ को समान वास्तुकला प्रयोग गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी लीकहरुले अहिलेसम्ममा स्न्यापड्रागन ७+(प्लस) जेन ३ र स्न्यापड्रागन ८एस जेन ३ को बारेमा सम्भावित स्पेसिफिकेशनहरूको बारेमा खुलासा गरेको उल्लेख छ।

त्यसका साथै विभिन्न नयाँ डिभाइसहरू यी नवीनतम प्रोसेसरहरूसँग सुसज्जित हुन सक्ने अनुमान पनि रहेका छन्। स्न्यापड्रागन ८एस जेन ३ वा स्न्यापड्रागन ७ प्लस जेन ३ प्रोसेसरहरू सँग सुसज्जित हुन सक्ने सम्भावित उपकरणहरूको सूची यस्तो छः

  • रियलमी जीटी निओ६ सिरिज (स्न्यापड्रागन ८एस जेन ३ वा स्न्यापड्रागन ७+ जेन ३)
  • रेडमी नोट १३ टर्बो (स्न्यापड्रागन ८एस जेन ३)
  • शाओमी सिभि ४ (स्न्यापड्रागन ८एस जेन ३)
  • वानप्लस ऐस ३भी (स्न्यापड्रागन ७+ जेन ३)
  • भिभो प्याड ३ (स्न्यापड्रागन ८एस जेन ३)
  • आईक्यूओओ निओ ९ सिरिज न्यु डिभाइसेस (स्न्यापड्रागन ८एस जेन ३)

यी स्पेसिफिकेशनहरू र डिभाइस लाइनअपहरूको पुष्टिका लागि भने मार्च १८ मा हुन गइरहेको क्वालकमको आधिकारिक कार्यक्रम पर्खनुपर्ने हुन्छ।

प्रकाशित: ३० फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया