एमसीडोडोका दुई आकर्षक इयरबर्ड नेपालमा सार्वजनिक

Technology Khabar २७ फाल्गुन २०८०, आईतवार

काठमाडौं ।

आईफोनका लागि एक्सेसरिजहरु बनाउँदै आएको एमसीडोडोले नेपालमा दुईवटा इयरबर्ड–एचपी ३३०० र एचपी ३२९० सार्वजनिक गरेको छ। यो दुवै इयरबर्ड आइफोन प्रयोगकर्ताहरुले सजिलै प्रयोग गर्न सक्नेछन्।

एचपी ३३०० इयरबर्डमा एएनसी नोइज क्यानसिलेशन रहेको छ भने यसमा भएको एलसीडी डिस्प्लेले ब्याट्रीको लेबल देखाउँछ। भर्सन ५.३ मा उपलब्ध यस इयरबर्डमा इन्टिलिजेन्ट टच, डुअल कल लगायतका विशेषताहरु उपलब्ध छन्।

एचपी ३३०० मा लामो समयसम्म टिक्ने ब्याट्री रहेको छ भने यसको चार्जिङ्ग केस ३०० एमएएचको छ। यसले टाइप–सी चार्जिङ्ग समर्थन गर्दछ। निकै आकर्षक कालो रंगमा उपलब्ध यस इयरबर्डको मुल्य रु ४,८८० मात्र रहेको छ।

त्यस्तै अर्को नयाँ इयरबर्ड एचपी ३२९० एक टीडब्लुएस इयरफोन हो जसमा डिजिटल डिस्प्ले रहेको छ। यसमा ३० एमएएचको ब्याट्री क्षमता रहेको छ भने चार्जिङ्ग केस ३०० एमएएचकोे रहेको छ। एचपी ३२९० मा ६ घण्टाको प्लेटाइम रहेको छ भने यो ब्लुटुथ ५.३ भर्सनमा सञ्चालित छ।

प्रयोगकर्ताहरुले मात्र रु३,७८५ मा एचपी ३२९० इयरबर्ड ब्ल्याक कलर अप्सनमा उपलब्ध रहेको छ।

यी इयरबर्डहरु तपाईंले देशभरका रिटेल स्टोरहरु तथा दराज एप मार्फत अनलाइन पनि सहजै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०८०, आईतवार

तपाइको प्रतिक्रिया