स्प्यारो एसएमएसको “महिला उद्यमशीलता अभियान” शुरु

Technology Khabar २४ फाल्गुन २०८०, बिहीबार

काठमाडौं ।

स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा “महिला उद्यमशीलता अभियान” शुरु गरेको छ।

आधिकारिक एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले, अन्तर्राष्ट्रिय महिला दिवसको सम्मानमा “महिला उद्यमशीलता अभियान” घोषणा गरेको छ।

यस पहलद्वारा स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशेष छुटका साथै व्यक्तिगत परामर्श सेवाहरू विस्तार गरेर महिला उद्यमीहरूलाई प्रोत्साहन गर्नेछ।

यस अभियान अन्तर्गत, महिला उद्यमीहरूले स्प्यारो एसएमएसद्वारा प्रदान गरि एको सेवाहरूमा ८० प्रतिशतसम्मको छुटबाट लाभ उठाउन सक्ने बताईएको छ।

साथै एसएमएस मार्केटिङ बारे पनि नि:शुल्क परामर्श लिन सक्नेछन।

बल्क एसएमएस मार्केटिङ साना तथा मध्यम वर्गिय उद्यम र उद्यमीहरूका लागि एक अत्यन्त आवश्यक उपकरण साबित भएको छ, साथै लक्षित ग्राहकहरूलाई संदेश पठाउनमा र आफ्नो व्यावसाय बढाउन सहयोग गर्दछ।

स्प्यारो एसएमएसले यस अभियान मार्फत महिला उद्यमिलाई यो प्रविधिको सहज, सरल र किफायती पहुँच प्रदान गर्ने योजना बनाएको कम्पनीले जनाएको छ।

प्रकाशित: २४ फाल्गुन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया