सञ्चार मन्त्रालयको जिम्मा पुनः रेखा शर्मालाई दिईयो, आजै ५ बजे शपथ हुँदै

  • Technology Khabar | २३ फाल्गुन २०८०, बुधबार
सञ्चार मन्त्रालयको जिम्मा पुनः रेखा शर्मालाई दिईयो, आजै ५ बजे शपथ हुँदै

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पुनः सञ्चारमन्त्री बनाउने भएको छ।

माओवादी केन्द्रले आजै सञ्चार मन्त्रालयमा पुनः शर्मालाई पठाउने निर्णय गरेको हो।

यसअघि आज दिउँसो १ बजे निवर्तमान मन्त्री शर्माको बिदाइ कार्यक्रम मन्त्रालयमा आयोजना गरिएको थियो।

यसैबीचमा फेरी शपथ लिन आउन निम्तो आएको हो।

‘‘आज बेलुका ५ बजे सञ्चार मन्त्रीको शपथ लिन आउनुहोला भनेर प्रधानमन्त्री कार्यालयबाट खबर आएको छ,’’ मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा ‘डायमण्ड’ले टेक्नोलोजीखबरलाई भने।

योसँगै संचार मन्त्रीको रुपमा शर्माको दोस्रो कार्यकाल शुरु हुनेछ।

प्रकाशित: २३ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार