Technology Khabar २२ फाल्गुन २०८०, मंगलवार
काठमाडौं ।
डाउन भएको फेसबुक पुन संचालनमा आएको छ।
फेसबुकका साथसाथै मेटाका अन्य प्लेटफर्महरु इन्स्टाग्राम र मेसेन्जर डाउन भएको इन्टरनेट डाउन भएको रेकर्ड राख्ने वेबसाइट डाउनडिटेक्टरले उल्लेख गरेको छ।
अहिले अधिकांश सेवाहरु फिर्ता आएका छन्।
यसबीचमा अन्य सामाजिक संजालमा फेसबुक नचलेको गुनासो गरेका नेपाली प्रयोगकर्ताहरुले फेसबुक लगायतका प्लेटफर्म चलेको बताएका छन्।
अधिकांशको फेसबुक लगइनमा समस्या देखिएको हो।
यो समस्या विश्वभर भएको देखिएको थियो र उक्त समस्या समाधान भएको छ।
अधिकांशले लगइनमा समस्या भोगेका थिए। प्रयोगकर्ताहरुले स्वचालितरुपमा लग आउट भएको बताएका थिए।
यसैबीचमा मेटाको अर्को प्लेटफर्म थ्रेड्स पनि डाउन भएको थियो।
प्रकाशित: २२ फाल्गुन २०८०, मंगलवार