फेसबुकका साथसाथै इन्स्टाग्राम र मेसेन्जर डाउन

Technology Khabar २२ फाल्गुन २०८०, मंगलवार

काठमाडौं ।

फेसबुक डाउन भएको छ। नेपाली प्रयोगकर्ताहरुले अन्य सामाजिक संजालमा फेसबुक नचलेको गुनासो गरेका छन्।

अधिकांशको फेसबुक एपमा समस्या देखिएको हो।

फेसबुकका साथसाथै मेटाका अन्य प्लेटफर्महरु इन्स्टाग्राम र मेसेन्जर डाउन भएको इन्टरनेट डाउन भएको रेकर्ड राख्ने वेबसाइट डाउनडिटेक्टरले उल्लेख गरेको छ।

यो समस्या हाल विश्वभर भएको देखिएको छ।

अधिकांशले लगइनमा समस्या भोगेका छन भने बाँकीले एप र वेबसाइटमा समस्या आएको बताएका छन्। प्रयोगकर्ताहरुले स्वचालितरुपमा लग आउट भएको बताएका छन्।

यसैबीच मेटाको अर्को प्लेटफर्म थ्रेड्स पनि डाउन भएको देखिएको छ।

प्रकाशित: २२ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया