उत्तर कोरियाले ह्याक गर्यो दक्षिण कोरियाको चिप उपकरण बनाउने कम्पनी

Technology Khabar २२ फाल्गुन २०८०, मंगलवार

उत्तर कोरियाले ह्याक गर्यो दक्षिण कोरियाको चिप उपकरण बनाउने कम्पनी
सांकेतिक तस्बिर

काठमाडौं ।

दक्षिण कोरियाको जासुसी एजेन्सीका अनुसार उत्तर कोरियाली ह्याकरहरूले दक्षिण कोरियाली चिप उपकरण निर्माताहरूका सुरक्षा तोडेका छन्।

प्योङयाङले आफ्नो हतियार कार्यक्रमहरूको लागि सेमिकण्डक्टर (अर्धचालक) हरू बनाउन खोजिरहेको नेशनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले भनेको छ।

राष्ट्रपति युन सुक येओलले उत्तर कोरियाले आगामी चुनावमा हस्तक्षेप गर्न साइबर हमला जस्ता उत्तेजक गतिविधि गर्न सक्ने चेतावनी दिएको एक महिनापछि यो ह्याक भएको बीबीसीले जनाएको छ।

गत वर्ष उत्तर कोरियाले राष्ट्रपति युनका सहयोगीको इमेल ह्याक गरेको थियो।

“हामी विश्वास गर्छौं कि उत्तर कोरियाले प्रतिबन्धका कारण तिनीहरूलाई खरिद गर्न कठिनाइहरूको सामना गर्दा सम्भवतः आफ्नै सेमिकन्डक्टरहरू उत्पादन गर्ने तयारी गरिरहेको हुन सक्छ,” एनआईएसले एक विज्ञप्तिमा भन्यो।

यसले थप्यो कि प्योङयाङको प्रयासहरू भूउपग्रह र मिसाइलहरू लगायतका हतियार कार्यक्रमहरूको लागि चिप्सको आवश्यकताबाट संचालित हुन सक्छ।

उत्तर कोरियाले डिसेम्बर र फेब्रुअरीमा दुई चिप उपकरण कम्पनीहरूको सर्भरमा प्रवेश गरेको, उत्पादन डिजाइन र तिनीहरूका सुविधाहरूको फोटोहरू चोरेको एनआईएसले  विश्वास गर्दछ।

यसले चिप बनाउने उद्योगमा रहेका अन्य कम्पनीहरूलाई पनि साइबर आक्रमणबाट सावधानी अपनाउन चेतावनी दिएको छ।

यद्यपि, जासूस एजेन्सीले प्रभावकारी फर्महरूको नाम बताएको छैन र उत्तर कोरियाले मूल्यवान केहि प्राप्त गर्न सक्षम भयो वा भएन भन्ने स्पष्ट छैन्।

एनआईएसले गत वर्षको अन्त्यदेखि दक्षिण कोरियाका कम्पनीहरू उत्तर कोरियाली ह्याकरहरूको मुख्य लक्ष्य भएको बताएको छ।

रिपोर्टकाअनुसारऽ ह्याकरहरूले “लिभिङ अफ द ल्यान्ड” भनिने प्रविधि प्रयोग गरेका छन्, जसले मालिसियस कोडहरूलाई कम गर्छ र सर्भरहरूमा स्थापित विद्यमान, वैध उपकरणहरू प्रयोग गर्दछ, जसले सुरक्षा सफ्टवेयरसँग पत्ता लगाउन गाह्रो बनाउँछ।

प्योङयाङले सँधै साइबर-अपराधमा संलग्नता अस्वीकार गरेको छ।

चरम अन्तर्राष्ट्रिय प्रतिबन्धको अधीनमा रहेको यो देश साइबर आक्रमण गर्ने तरिकामा झन् परिष्कृत हुँदै गइरहेको छ।

प्रकाशित: २२ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया