आइएमइ लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी परेकै दिन भुक्तानी

  • Technology Khabar | ८ जेष्ठ २०७५, मंगलवार
आइएमइ लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी परेकै दिन भुक्तानी

काठमाडौं ।

काठमाडौं । आइएमइ लाइफ इन्स्योरेन्सले बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराई वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका दुई परिवारलाई बीमा दाबी परेकै दिन भुक्तानी दिएको छ।

आइएमईले पोल्याण्डमा मृत्यु भएको एक जना र संयुक्त अरब इमिरेट्समा बिरामी भएर नेपालमा उपचार गराउने क्रममा मृत्यु भएका अर्का ग्राहकलाई बीमा भुक्तानी गरेको हो।

वैदेशिक रोजगारीमा गएकी सिन्धुपाल्चोक गुम्बाकी रीता बुढाथोकी शेर्पाको पोल्याण्डमा मृत्यु भएको थियो भने धनुषा गोदारका शंकरकुमार खपांगी संयुक्त अरब इमिरेट्सबाट बिरामी भएर नेपाल आएपछि उपचारको क्रममा मृत्यु भएको थियो।

कम्पनीले शेर्पाका श्रीमानलाई १४ लाख र थापाको परिवारलाई १३ लाख रुपैयाँ भुक्तानी गरिएको जनाएको छ।

प्रकाशित: ८ जेष्ठ २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार