सेञ्चुरी बैंकको नयाँ शाखा काठमाडौंको सातदोबाटामा

  • Technology Khabar | ७ जेष्ठ २०७५, सोमबार
सेञ्चुरी बैंकको नयाँ शाखा काठमाडौंको सातदोबाटामा

काठमाडौं ।

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको सातदोबाटोमा नयाँ शाखा कार्यालय जेठ ७ गते सोमबारबाट सञ्चालनमा ल्याएको छ । सातदोबाटो शाखाको उद्धघाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरे ।

शाखा उद्धघाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।

प्रकाशित: ७ जेष्ठ २०७५, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...