अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै योजना छैन: राष्ट्रपति पुटिन

  • Technology Khabar | १९ फाल्गुन २०८०, शनिबार
अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै योजना छैन: राष्ट्रपति पुटिन

काठमाडौं ।

रुसले अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने कुनै योजना नबनाएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

शुक्रबार देशको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा उहाँले सो कुरा बताएका हुन्।

“हामीले पहिले नै अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने भन्ने निराधार हल्लाको झूटा आरोपहरूबारे स्पष्ट पारिसकेका छौं, यी पश्चिमाहरूले चलाएको हल्लामात्र हो,” राष्ट्रपतिलाई उद्धृत गर्दै क्रेमलिनले भनेको छ ।

बिहीबार आफ्नो वार्षिक स्टेट अफ नेशन सम्बोधनमा राष्ट्रपति पुटिनले त्यस्ता आरोपहरूलाई “निराधार“ र “नक्कली कथा” मात्र भएको उल्लेख गरेका थिए।

रुसले आणविक अन्तरिक्ष हतियारको विकासमा काम गरिरहेको अमेरिकी गुप्तचर तथ्याङ्कले खुलासा गरेको दाबी गर्ने पश्चिमी सञ्चार माध्यमको हल्लापछि यस्तो प्रतिक्रिया आएको हो । रासस/सिन्ह्वा

प्रकाशित: १९ फाल्गुन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार