
काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदिप यादवले टिकटक माथिको प्रतिबन्ध हटाउन माग गरेका छन्। टिकटक माथिको प्रतिबन्ध कार्यान्वयन गर्न नसक्ने हो भने सरकारले खुल्ला गर्नु पर्ने उनको भनाइ छ।
‘सामाजिक सद्भाव र पारिवारिक एकता माथि खलल पुर्याएको भन्दै सरकारले टिकटक माथि प्रतिबन्ध लगाएको छ। तर त्यो कागजमै सिमित छ। सरकारको निर्णय केही इन्टरनेट सेवा प्रदायकले टेरेको छैन,’ सांसद यादवले शुक्रबारको प्रतिनिधि सभाको बैठकमा भने, ‘टिकटक चलिरहेको छ। सरकारको निर्णय केही इन्टरनेट सेवा प्रदायकले मानेका छैनन्। सरकारले कारबाही गर्नु पर्यो। सरकारसँग हिम्मत छैन भने पूर्ण रुपमा टिकटक खुल्ला गराउनु पर्यो।’
छिमेकी मुलुक भारतमा पनि टिकटक माथि प्रतिबन्ध छ। तर तर त्यहाँ कुनै पनि माध्यमबाट टिकटक नचल्ने उनको दाबी छ।
प्रकाशित: १८ फाल्गुन २०८०, शुक्रबार