जनपुस्तकालयलाई ‘स्मार्ट’ बनाइँदै

  • Technology Khabar | १७ फाल्गुन २०८०, बिहीबार
जनपुस्तकालयलाई ‘स्मार्ट’ बनाइँदै
सांकेतिक

काठमाडौं ।

सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै सो पुस्तकालयलाई युग सुहाउँदो बनाउन डिजिटल पुस्तकालय बनाउने तयारी भइरहेको हो।

त्यसका लागि डेढ करोड रुपियाँको लागतमा संरचना बनाउने कार्य भइरहेको छ। प्रदेशको सबैभन्दा ठुलो कैलाली जनपुस्तकालयमा ५० हजार पुस्तक राखिएका छन्।

यहाँ दैनिक ३० देखि ४० जना पाठक आउने गरेका पुस्तकालयका अध्यक्ष डा. टिएन जोशीले बताए। उनका अनुसार विगतमा जनपुस्तकालयमा आएर पुस्तक पढ्ने पाठकको सङ्ख्या बढी थियो । “अहिले सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण पाठक घटेका छन्,” जोशीले भने।

विसं २०१४ मा स्थापना भएको कैलाली जनपुस्तकालयमा दुर्लभ तथा पुराना पुस्तकदेखि ५० वर्षअगाडिको गोरखापत्र सुरक्षितसाथ राखिएको छ।

महामानव बिपी कोइराला धनगढी आएका बेला भिजिटरका रूपमा जनपुस्तकालय पुगेर उहाँले गरेको हस्ताक्षर पनि सुरक्षित राखिएको छ। पाठकले पुस्तकालयमा बसेर पढ्न सक्ने जोशीले बताए। गोरखापत्रबाट

प्रकाशित: १७ फाल्गुन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार