नेपालगञ्जको एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा डेढ करोड बढीको क्षति

  • Technology Khabar | १७ फाल्गुन २०८०, बिहीबार
नेपालगञ्जको एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा डेढ करोड बढीको क्षति

काठमाडौं ।

नेपालगन्जमा एक इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ।

आगलागीबाट डेढ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। विद्युत् सट भएर आगलागी भएको अनुमान गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलस्थित न्यू माया इलेक्ट्रोनिक्स पसलमा मंगलबार राति करिब साढे १२ बजेतिर आगलागी हुँदा सम्पूर्ण इलेकट्रोनिक्स समानहरू पूर्णरुपमा जलेर नष्ट भएको छ।

दमकल, स्थानीय र प्रहरीको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रण आएको थियो।

प्रकाशित: १७ फाल्गुन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार