टेरामोस प्रकरणको मुद्दा छिट्टै टुंग्याउने अख्तियार प्रमुखको भनाई

  • Technology Khabar | १५ फाल्गुन २०८०, मंगलवार
टेरामोस प्रकरणको मुद्दा छिट्टै टुंग्याउने अख्तियार प्रमुखको भनाई
लेखा समितिको बैठक। फाइल तस्विर।

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोस वा टेरामक्स भनिने) विषयक मुद्दा छिटै टु‌ंग्याउने भएको छ।

आयोगले यस बारेमा छिट्टै विशेष अदालतमा दर्ता गर्ने जानकारी दिएको हो।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले समितिले दिएका निर्देशनहरुको बारेमा जानकारी दिँदै टेरामक्स प्रकरणमा छिटै टुंगोमा पुग्ने बताएका हुन्।

उनले यो प्रकरणमा जोडिएका सबैको बयान लिने काम सकिएको समितिलाई जानकारी दिएका थिए।

नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स खरिद एवं जडान गर्ने योजना अघि सारेपछि यो योजनामा अनियमितता भएको भन्दै संसदीय समितिले समेत सिफारिस गरेपछि आयोगले अनुसन्धानलाई टुंग्याउने गरी काम गरेको हो।

टेरामोस काण्डमानै मुछिएको र अख्तियारले बयान लिएको भन्दै स्वास्थ्यमन्त्री (तत्कालिन संचारमन्त्री) मोहनबहादुर बस्नेतको प्रतिपक्षिले राजीनामा समेत माग गर्दै आएको छ। यस्तै अर्का संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग समेत अख्तियारले यस बारेमा बयान लिएको बताईएको छ।

यसअघि सालेसले टेरामोसको बारेमा छानबिन गर्न आयोगलाई निर्देशन दिएको थियो।

प्रकाशित: १५ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

  • Technology Khabar
  • १५ फाल्गुन २०८०, मंगलवार