सौर्यमण्डलका यी दुई ग्रहको नजिकै परिक्रमा गरिरहेको भेटिए तीनओटा नयाँ चन्द्रमा

Technology Khabar १६ फाल्गुन २०८०, बुधबार

काठमाडौं ।

अन्तरिक्ष वैज्ञानिकहरूले सौर्यमण्डलमा पहिले कहिल्यै नदेखेका तीनओटा नयाँ चन्द्रमा पत्ता लगाएका छन्। अवलोकन गरिएका नयाँ चन्द्रमामध्ये दुईवटाले नेप्च्युन (अरुण) ग्रहको वरिपरि घुमिरहेका छन् भने अर्को चन्द्रमाले युरेनस(बरुण) ग्रहको परिक्रमा गरिरहेको छ।

हवाई र चिलीमा अवस्थित शक्तिशाली टेलिस्कोपहरू प्रयोग गरेर नयाँ चन्द्रमाहरुलाई भेटिएको हो।

नेप्च्यून (अरुण) र युरेनस (बरुण) को नयाँ चन्द्रमा पत्ता लागेपछि नेप्च्युनमा अब १६ चन्द्रमा छन् भने युरेनसका २८ चन्द्रमा भएका छन् । स्पेसडटकमको रिपोर्टका अनुसार अन्तर्राष्ट्रिय खगोलीय एकाइ (आईएयू) ले यो खोजको घोषणा गरेको हो।

अन्तरिक्ष वैज्ञानिकहरूले तिनीहरूलाई नाम पनि दिएका छन्। नेप्च्यूनका दुईओटा नयाँ चन्द्रमामध्ये एउटा, सबैभन्दा चम्किलो, एस/२००२ एन५ नाम दिइएको छ। जबकि यसको कम प्रकाश भएको चन्द्रमालाई एस/२०२१ एन१ नाम दिइएको छ।

वैज्ञानिक स्कट शेपर्ड बाहेक, नासाको जेट प्रोपल्सन प्रयोगशालामा काम गर्ने मरीना ब्रोजोभिक र बब ज्याक्सन पनि ती चन्द्रमाहरूको खोजमा संलग्न रहेका छन्।

नयाँ चन्द्रमाको रोचक कथा

नेप्च्युनको यी नयाँ चन्द्रमा यसअघि पनि धेरै पटक देखिएका थिए। यी २००३ मा देखिएका थिए। तर यिनको बारेमा सही जानकारी नपाउँदै उनीहरु बेपत्ता भएका थिए। त्यसपछि सेप्टेम्बर २०२१ मा उनीहरुको दर्शन पनि भएको थियो तर उनीहरुको यकिन जानकारी भने पाउन सकिएको थिएन्। किनभने तिनीहरू आकारमा सानो थिए र बीचमा कतै हराउँदै थिए।

वैज्ञानिकहरू भन्छन् कि यी नेप्च्यून नजिकै जन्मेका चन्द्रमाहरू होइनन्, तर तिनीहरू अन्यत्र जन्मेका थिए। तर पछि नेप्च्युनको गुरुत्वाकर्षणले तिनीहरूलाई तान्यो र त्यसपछि उनीहरुले घेरा हाल्न थाले ।

नेप्च्युनको एउटा चन्द्रमा, जुन उज्यालो छ, करिब २३ किलोमिटर चौडा छ र यसले ९ वर्षमा नेप्च्युनको वरिपरि एक परिक्रमा पूरा गर्छ। एकै समयमा, कम उज्यालो भएको चन्द्रमा लगभग १४ किलोमिटर चौडा छ। यसले २७ वर्षमा ग्रहको एक परिक्रमा पूरा गर्दछ।

हाम्रो सौर्यमण्डलमा रहेका ग्रहहरू, धूमकेतुहरू र चन्द्रमाहरू निर्धारण गर्न जिम्मेवार म्यासाचुसेट्समा आधारित वैज्ञानिक निकाय अन्तर्राष्ट्रिय खगोलीय संघको माइनर प्लानेट सेन्टरद्वारा गएको शुक्रबार तीनओटा नयाँ चन्द्रमा घोषणा गरिएको थियो।

पत्ता लागेका मध्ये दुईको नाम समुद्री देवता र अप्सराहरूको नाममा राखिनेछ र अर्कोको नाम शेक्सपियरको चरित्रको लागि राखिने बताईएको छ।

तीनवटै चन्द्रमामा अण्डाको आकारको अर्बिट रहेको छ, जुन आ-आफ्ना बरफयुक्त ग्रहहरुको तर्फ अत्यधिक झुकावमा छन्। यसको अर्थ तिनीहरू आफ्नो होस्ट ग्रह वरिपरि जन्मेका थिएनन् तर पछि गुरुत्वाकर्षणको कारणले त्यसलाई कब्जा गरिएको थियो।

प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया