सन् २०२३ मा १५.९ मिलियन फोल्डेबल फोनहरू ढुवानी, सामसङ बजारको नेताः ट्रेन्डफोर्स

  • Technology Khabar | १६ फाल्गुन २०८०, बुधबार
सन् २०२३ मा १५.९ मिलियन फोल्डेबल फोनहरू ढुवानी, सामसङ बजारको नेताः ट्रेन्डफोर्स

काठमाडौं ।

बजार अनुसन्धान फर्म ट्रेन्डफोर्सको पछिल्लो रिपोर्ट अनुसार गत वर्ष अनुमानित १५.९ मिलियन फोल्डेबल फोनहरू ढुवानी भएको छ। तथ्याङ्कले २५ प्रतिशत वार्षिक दरको वृद्धिलाई प्रतिनिधित्व गर्दछ भने फोल्डेबलहरूले सम्पूर्ण स्मार्टफोन ढुवानीहरूको संयुक्त १.४ प्रतिशत बजार हिस्सामा लिएका छन्।

मुख्यतया उच्च मूल्य बिन्दु र स्थायित्वका चिन्ताहरूले गर्दा फोल्डेबलहरु अपनाउने दर कम भएको ट्रेन्डफोर्सले थप उल्लेख गरेको छ।

सामसङले बजारको ६६ प्रतिशत सेयरको साथ अग्रणी फोल्डेबल स्मार्टफोन विक्रेताको रूपमा आफ्नो प्रभुत्व जारी राखेतापनि यो संख्या सन् २०२२ को मूल्यको तुलनामा १७ अंकले घटेको उल्लेख छ। साथै फोल्डेबल बजारको सामसङको सेयर सन् २०२४ मा ६० प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ ।

चिनियाँ बजारमा फोल्डेबलहरुको बलियो मागका कारण ह्वावे १२ प्रतिशत भन्दा कम बजार हिस्साका साथ दोस्रो स्थानमा आएको छ। साथै सन् २०२४ मा ह्वावेले फोल्डेबल बजारको २० प्रतिशत माथि कब्जा गर्न सक्ने भविष्यवाणी ट्रेन्डफोर्सले गरेको छ।

त्यसैगरी फोल्डेबल ढुवानीका हिसाबले ५.४ प्रतिशत बजार हिस्साको साथ शाओमी तेस्रो अग्रणी ओईएम बनेको छ।

आगामी दिनहरुमा, ट्रेन्डफोर्सले सन् २०२४ मा १७.७ मिलियन फोल्डेबल ढुवानी हुने अनुमान गरेको छ, जसले ११ प्रतिशत वृद्धि प्रतिनिधित्व गर्दछ।

साथै फोल्डेबलहरू सन् २०२५ सम्ममा २ प्रतिशत बजार हिस्सा पुग्ने अनुमान गरिएको प्रतिवेदनलाई आधार मान्दै जीएसएमएरिनाले रिपोर्टमा भनेको छ।

प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार