सुरक्षण मुद्रण केन्द्र र राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि नयाँ अस्थाई दरबन्दि स्वीकृत

  • Technology Khabar | ९ फाल्गुन २०८०, बुधबार
सुरक्षण मुद्रण केन्द्र र राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि नयाँ अस्थाई दरबन्दि स्वीकृत
सञ्चार मन्त्री रेखा शर्मा। फाइल तस्विर

काठमाडौं ।

सरकारले सुरक्षण मुद्रण केन्द्र र राष्ट्रिय सूचना प्रविधि केन्द्रमा नयाँ अस्थाई कर्मचारीहरु भर्ना गर्ने भएको छ।

२०८० फागुन ६ गते बसेको मन्त्रिपरिषद बैठकले दुबै निकायहरुमा २०८१ साल असार मसान्तसम्मका लागि नयाँ अस्थाई दरबन्दि स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मंगलबार जानकारी दिईन्।

निर्णयअनुसार सुरक्षण मुद्रण केन्द्रका लागि आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्मका लागि अधिकृतस्तरका ८ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ।

यसैगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रको काठमाडौं, मकवानपुर, कोहलपुर र ललितपुरका कार्यालयहरूमा आर्थिक वर्ष २०८०/८१ को पुस १ गते देखि २०८१ साल असार मसान्तसम्मका लागि अधिकृतस्तरका २३ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।

प्रकाशित: ९ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ADB pledges 70 bln USD to boost energy, digital connectivity in Asia-Pacific

  • Technology Khabar
  • ९ फाल्गुन २०८०, बुधबार