Technology Khabar ८ फाल्गुन २०८०, मंगलवार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो दिर्घकालिन रणनीति तयार पार्ने भएको छ।
प्राधिकरणका नवनियुक्त अध्यक्ष भूपेन्द्र भण्डारीले कार्यभार सम्हाल्दै प्राधिकरणको दिर्घकालिन रणनीतिक योजना तयार पार्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।
हालसम्म प्राधिकरणको दिर्घकालिन रणनीति र योजनाहरु नभएको अवस्थामा ५ वर्षे रणनीतिक योजना बनाउने प्राधिकरणका सह प्रवक्ता डा. प्रदिप पौड्यालले जानकारी दिए।
“अहिलेसम्म प्राधिकरणको आफ्नै दिर्घकालिन नीति, योजना र रणनीति तयार भएको थिएन्। अब ५ वर्षे स्ट्राटेजीक प्लान बनाएर सोहीअनुसार आगामी दिनमा प्राधिकरण अगाडि बढ्नेछ,” सह प्रवक्ता पौड्यालले टेक्नोलोजीखबरसँग भने।
उनकाअनुसार रणनीतिले आगामी दिनमा गर्ने कार्यहरुको खाका र दूरसञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा लिईने निर्णय र पुग्नुपर्ने लक्ष्यहरुको बारेमा स्पष्ट पार्नेछ।
सोही रणनीतिक योजनाको आधारमा प्राधिकरणले आगामी दिनमा वार्षिक कार्यक्रम र योजनाहरु तयार पार्ने बताईएको छ।
प्रकाशित: ८ फाल्गुन २०८०, मंगलवार