Technology Khabar ९ फाल्गुन २०८०, बुधबार
काठमाडौं ।
आईफोन १६ को लन्चका लागी अझै पनि धेरै महिना बाँकी रहेको छ। यद्यपि, विभिन्न चर्चाहरुले यस अघिदेखि नै नयाँ जानकारीको बारेमा मंथन गर्न थालिसकेको छ।
एप्पलको आईफोन १६ प्रो ले केहि आकर्षक नयाँ रङ्गहरू प्राप्त गर्ने देखिएको छ। इन्टरनेटमा “टाइटेनियम ग्रे” र “डेजर्ट टाइटेनियम” अप्सन (विकल्प) को बारे चर्चा आएका छन्। साथै एप्पल अफवाहहरू साझा गर्नका लागि परिचित रहेका माजिन बु ले यसको बारे सोशल मिडिया पोस्ट गरेको हुन्।
नयाँ “डेजर्ट टाइटेनियम” रङ्गलाई आईफोन १४ प्रो को गोल्ड (सुन) को डिपर (गहिरो) र थप इन्टेन्सीभ (गहन) संस्करण भनेर वर्णन गरिएको छ भने “टाइटेनियम ग्रे” ले आईफोन ६ को स्पेस ग्रेको सम्झना गराउन सक्ने जनाइएको छ।
साथै “डेजर्ट टाइटेनियम” एक सुन्दर अद्वितीय र आकर्षक रङ्ग जस्तो देखिने र यदि अफवाहहरू सत्य भएको खण्डमा भने, यसले धेरै ध्यान आकर्षित गर्ने उल्लेख गरिएको छ। यद्यपि यी रङ्गहरूले हालको कुनै रङ्गहरूलाई प्रतिस्थापन गर्दछ वा तिनीहरू नयाँ थप कलर अप्सनको रुपमा रहनेछन् भन्ने स्पष्ट छैन्।
यसअघि, आईफोन १६ सिरिजले विभिन्न बजार खण्डहरू पूरा गर्न पाँचओटा फरक मोडलहरू प्रस्तुत गर्नेछ भनेर खुलासा गरिएको थियो। उक्त लाइनअपमा आईफोन १६ एसई, १६ प्लस एसई, आईफोन १६, १६ प्रो, र १६ प्रो म्याक्स समावेश रहेका छन्।
साथै फराकिलो आईफोन १६ पोर्टफोलियोमा आईफोन एसई प्रोडक्ट लाइनको रणनीतिक मर्जको अपेक्षा गरिएको छ भने यसले विभिन्न मूल्य बिन्दुहरुमा उपभोक्ताहरुलाई थप विकल्पहरु प्रदान गर्ने अनुमान छ।
प्रकाशित: ९ फाल्गुन २०८०, बुधबार