इन्ट्युटिभ मेसिनको ‘मुन ल्यान्डर’ले पहिलो ब्याचका तस्बिरहरु पठायो

Technology Khabar ८ फाल्गुन २०८०, मंगलवार

काठमाडौं ।

बिहीबार बिना कुनै अवरोध अन्तरिक्षमा प्रक्षेपण गरेपछि चन्द्रमाको लागि आफ्नो बाटोमा रहेको इन्ट्युटिभ मेसिनको लुनार (चन्द्रमा) ल्यान्डरले पृथ्वीका केही अविश्वसनीय तस्बिरहरू खिच्न सफल भएको छ।

कम्पनीले अघिल्लो पोष्टमा अन्तरिक्ष यानको “स्वास्थ्य उत्कृष्ट” रहेको भनि पुष्टि गरेपछि आईतबार एक्समार्फत आईएम–१ मिसनको तस्बिरहरूको पहिलो ब्याच साझा गरेको छ।

उक्त तस्बिरहरूमा पृथ्वीको दृश्य र ओडिसियस उपनाम रहेको नोभा–सी ल्यान्डरको केही आंशिक सेल्फीहरूका साथसाथै, स्पेसएक्स फाल्कन ९ दोस्रो चरण अलग भएपछि टाढा खसेको पनि देख्न सकिने उल्लेख छ।

ओडिसियस फेब्रुअरी २२ तारिखमा आफ्नो चन्द्रमा अवतरण प्रयास गर्न ट्र्याकमा रहेको छ भने अहिलेसम्म राम्रो प्रदर्शन गरिरहेको इनग्याजेटमा रिपोर्ट गरिएको छ।

साथै ल्यान्डरले इन्जिन फायरिङसहित आफ्नो टचडाउन अघि केही प्रमुख माइलस्टोनहरू पार गरेको पुष्टि गर्दै टोलीले हप्ताको अन्त्यमा एक्समा अद्यावधिकहरूको सिरिज पोस्ट गरेको जनाइएको छ।

त्यसैगरी यसले “पहिलो पटक लिक्विड (तरल) मिथेन र लिक्विड (तरल) अक्सिजन इन्जिनको इन–स्पेस इग्निसिन (अन्तरिक्ष प्रज्वलन) को” मार्क लगाएको भनि इन्ट्युटिभ मेसिनले उल्लेख गरेको छ।

आईएम-१ मिसनले ११८ मिलियन डलरको टास्क अर्डर अन्तर्गत एजेन्सीको कमर्शियल लुनार पेलोड सर्भिस (सीएलपीएस) कार्यक्रमको एक भागको रूपमा छ ओटा नासा पेलोडहरू बोकिरहेको छ। यसले अन्य ग्राहकहरूका लागि एम्ब्री-रिडल एरोनोटिकल युनिभर्सिटीदेखि कलाकार जेफ कुन्ससम्म थप ६ ओटा पेलोडहरू पनि बोकेको छ।

यदि अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण भयो भने, यो चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा मालापर्ट ए क्रेटर नजिकैको स्थानमा सूर्यास्त नभएसम्म लगभग एक हप्तासम्म सञ्चालन गर्न डिजाइन गरिएको छ।

प्रकाशित: ८ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया