Technology Khabar ६ फाल्गुन २०८०, आईतवार
काठमाडौं ।
सरकारले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाएको छ।
यसअघिनै अख्तियार दुरुपयोग अनुसन्धान आयोग थुनामा रहेका पौडेललाई आज फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको हो।
सरकारले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति (एलआरपी) लिएको देखिएकाले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदबाट हटाउने गरेको उल्लेख छ।
पौडेल यसअघि अख्तियार दूरुपयोग गरेको आरोपमा निलम्बनमा परेका थिए।
पौडेलसहित सुरक्षण मुद्रण केन्द्रका सि.डि.ई., इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि., मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि., परामर्शदाता वास्तुशिल्प एसोसिएट्स समेतका निर्देशक गरी ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र २०८० बैशाख ३ गते दायर गरेको थियो।
कार्यकारी निर्देशक विकल पौडेल एक्लैको विरुद्ध अख्तियारले ६९ करोड ८ लाख बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सम्बन्धित समाचार-
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
यसका साथै उनीले अनुसन्धानलाई प्रभावित पार्न सक्ने गरी भाग्न खोजेको भन्दै अख्तियारले पक्राउ गरेको थियो।
सम्बन्धित समाचार-
विदेशी बैंकमा पैसा राखेको आरोपमा सुनिल पौडेल र विकल पौडेल पक्राउ
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरको अनुसन्धान गरिरहेको छ।
नेपाल राष्ट्र बैंकको अनुमतिबिना उनले विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोलेर रकम जम्मा गरेको आरोपमा अख्तियारले उनीहरु माथि अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ६ फाल्गुन २०८०, आईतवार