Technology Khabar ६ फाल्गुन २०८०, आईतवार

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकासमा सरकार स्पष्ट रहेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नै नेपालमा उत्पादित र आफ्नै अनुसन्धानमा आधारित सूचना प्रविधि प्रणालीमा जोड दिने बताएका छन्।
यसको लागि उनले नयाँ विद्येयक ल्याउन काम गरिरहेको भन्दै नेपालमै सूचना प्रविधिको विकास गर्ने र बिजनेस प्रोसेस आउटसोर्सिङ्गका उद्यम व्यवसायलाई संचालन गर्न प्राथमिकता दिईएको बताए।
“आईटी सेक्टर नै त्यस्तो सेक्टर हो जसबाट नेपालमा अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छन भन्नेमा विश्वास गर्दछु,” उनले भने, “यसलाई त्यो आधारको रुपमा यसलाई दिनुपर्छ भन्नेमा सरकार प्रष्ट रहेको जानकारी गराउँछु।”
यसका साथै उनले टिकटकले व्यक्त गरेको प्रतिबद्धतालाई व्यवहारीक कार्यान्वयन गरेमा यसलाई नियमन गर्न सकिने बताएका छन्। यसको लागि सामाजिक संजाल सम्बन्धित विद्येयक पेश हुने क्रममा रहेको उल्लेख गरे।
उनले यो प्रमुख प्रतिपक्षि दल र गठबन्धनका सबैसँगको छलफलको समेतको आधारमा समझदारीका साथ प्रतिबन्ध गरिएको जिकिर गरे।
प्रकाशित: ६ फाल्गुन २०८०, आईतवार