ओपनएआईद्वारा टेक्स्टलाई भिडियोमा परिवर्तन गर्ने एआई मोडल प्रस्तुत

  • Technology Khabar | ५ फाल्गुन २०८०, शनिबार
ओपनएआईद्वारा टेक्स्टलाई भिडियोमा परिवर्तन गर्ने एआई मोडल प्रस्तुत

काठमाडौं ।

ओपनएआईले टेक्स्ट प्रम्प्टमा आधारित मिनेट–लामो भिडियोहरू उत्पन्न गर्न सक्ने सफ्टवेयरमा काम गरिरहेको कम्पनीले बिहीबार बताएको छ।

सोरा नामको सफ्टवेयर हाल रेड टिमिङका लागि उपलब्ध छ। जसले एआई सिस्टममा रहेको कमजोरी पहिचान गर्न मद्दत गर्नेछन्। साथै भ्यूजल आर्टिस्ट, डिजाइनर र फिल्म निर्मातालाई मोडलमा प्रतिक्रिया प्राप्त गर्नका लागि प्रयोग गरिनेछ।

“सोराले धेरै क्यारेक्टरहरू, विशिष्ट प्रकारका गति र विषय र पृष्ठभूमिको सही विवरणहरू सहित जटिल दृश्यहरू उत्पन्न गर्न सक्षम छ,“ विज्ञप्तिमा भनिएको छ, यसले एक भिडियो भित्र धेरै शटहरू सिर्जना गर्न सक्छ।

टेक्स्ट प्रम्प्टबाट भिडियोहरू उत्पन्न गर्नु बाहेक, सोराले स्थिर छवि एनिमेसन गर्न सक्छ, कम्पनीले ब्लगपोस्टमा भनेको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: ५ फाल्गुन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार