Technology Khabar ३ फाल्गुन २०८०, बिहीबार
काठमाडौं ।
नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्नका लागि द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको छ।
नेपाल राष्ट्र बैंक र भारतको केन्द्रीय बैंक आरबीआईबीच बिहीबार विद्युतीय भुक्तानी प्रणाली विकास गर्न द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने सम्झौता भएको हो।
भारतको मुम्बईमा भएको सम्झौतामा नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारी र आरबीआई गभर्नर शक्तिकान्त दासले हस्ताक्षर गरेका हुन्।
भारतको ‘युनिफाइड पेमेन्ट इन्टरफेस’ (यूपीआई) र नेपालको ‘नेसनल पेमेन्ट्स इन्टरफेस’ (एनपीआई) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको हो।
यस संयन्त्रले नेपाल र भारतबीच सहज, सुलभ र सुरक्षित विद्युतीय भुक्तानी हुने अपेक्षा गरिएको छ।
प्रकाशित: ३ फाल्गुन २०८०, बिहीबार