कबीरा मोबिलिटीको दुई इलेक्ट्रिक मोटरसाइकल भारतमा सार्वजनिक

Technology Khabar ४ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं ।

गोवा स्थित ईभी स्टार्टअप कबीरा मोबिलिटीले भारतीय बजारमा दुई इलेक्ट्रिक मोटरसाइकल लन्च गरेको छ। कम्पनीले केएम३००० र केएम४००० इलेक्ट्रिक मोटरसाइकल बुधबार लन्च गरेको हो।

यी दुई मोटरसाइकलको बुकिङ सुरु भइसकेको छ। ग्राहकले अनलाइन मार्फत मोटरसाइकल बुक गर्न सक्नेछ। बुक गर्ने ग्राहकले कबीरा केएम३००० र केएम४००० इलेक्ट्रिक मोटरसाइकलको टेस्ट ड्राइभ गर्ने मौका प्राप्त गर्नेछन्।

कबीरा मोबिलिटीले केएम३००० एक लाख ७४ हजार भारु र केएम४००० एक लाख ७६ हजार भारु (एक्स शोरुम)मा लन्च गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। यी दुबै इलेक्ट्रिक मोटरसाइकलमा एल्यूमिनियम कोर हब मोटर पावरट्रेनको सुविधा दिइएको छ। मोटरसाइकलले १९२ एनएम टर्क प्रदान गर्छ।

यी मोटरसाइकल फक्सकोनको सहयोगमा विकास गरिएको कबीरा मोबिलिटीले जानकारी दिएको छ। केएम३००० फेयर्ड मोटरसाइकल हो भने केएम४००० कम्पनीले स्ट्रीट फाइटरको रुपमा डिजाइन गरेको छ।

दुबै मोटरसाइकल डायमन्ड स्टील ट्यूब फ्रेममा उपलब्ध हुनेछ। यसमा टेलिस्कोपिक फोक्र्स, पछाडि मोनोशक, अगाडि र पछाडि डिस्क ब्रेक, १७ इन्चको पांग्रे, एक संयुक्त ब्रेकिङ सिस्टम र अनबोर्ड चार्जरका साथ एक मोड्यूल ब्याट्री प्याक पाउन सकिन्छ।
दुबै इलेक्ट्रिक मोटरसाइकलमा ४.१ किलोवाट आवर र ५.१५ किलोवाट आवर ब्याट्री प्याक दिइएको छ। भेरियन्टको आधारमा स्ट्यान्र्ड वा ब्याट्री प्याकको विकल्प छनोट गर्न सकिन्छ।

इलेक्ट्रिक मोटरसाइकले भेरियन्टको आधारमा १७८ किलोमिटर देखि २०१ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। दुबै मोटरसाइकलको अधिकतम गति १२० किलोमिटर प्रति घण्टा छ।

इलेक्ट्रिक मोटरसाइकलले २.९ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घण्टाको गति लिन सक्छ।

प्रकाशित: ४ फाल्गुन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया