डीस होम एक्सन स्पोर्टस एचडी १ ले विश्व कप लिग २ का खेलहरु प्रत्यक्ष प्रसारण गर्ने

Technology Khabar २ फाल्गुन २०८०, बुधबार

काठमाडौं ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेलहरु फेब्रुअरी १५ बाट सुरु हुँदैछ।

पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रशारण गरेको डीस होम एक्सन स्पोर्टस एचडी १ ले विहीबारदेखि सुरु हुन लागेको आइसीसी लिग टू अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ।

तीनै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन्। लिग २ का सबै ६ खेल डिशहोमको एक्सन स्पोर्टस एचडी १ ले प्रत्यक्ष प्रसारण गर्नेछ। त्यस्तै एक्सन स्पोर्टसको युट्युब र डिशहोस गो एपबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने लिगको पहिलो खेल फेुब्रअरी १५ मा नेपाल र नामिबियाबीच हुनेछ। फेब्रुअरी १७ मा नेपाल र नेदरल्यान्ड्स, फुब्रअरी १९ मा नामिबिया र नेदरल्यान्ड्स, फेब्रुअरी २१ नेपाल र नामिबिया, फुब्रुअरी २३ मा नामिबिया र नेदरल्यान्ड्स तथा फेब्रुअरी २५ मा छैटौं तथा अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ।

लिग २ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स, अमेरिका छन्। लिग २ मा हरेक टोलीले ३६ खेल खेल्नेछन्।

उक्त सिरिज डिस होमको एक्सन स्पोर्टस एचडी र डिस होम गो एप्समा हेर्न पाइने छ । लिग टू को पहिलो खेलमा नेपालले नामेवियासँग विहीबार १५ फेब्रुअरीमा खेल्ने छ। सबै खेल बिहान सवा ९ बजेदेखि सुरुहुने छ। लिग २ का शीर्ष ४ टोलीले सिधै विश्वकप छनोट खेल्न पाउनेछ। अन्तिमका ४ टोलीले भने प्ले अफ खेल्नु पर्ने हुन्छ।

प्रकाशित: २ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया