विद्यालयका विद्यार्थीलाई साइबर कानुनसम्बन्धी सचेतना कक्षा

  • Technology Khabar | १ फाल्गुन २०८०, मंगलवार
विद्यालयका विद्यार्थीलाई साइबर कानुनसम्बन्धी सचेतना कक्षा

काठमाडौं ।

इलाका प्रहरी कार्यालय मिलापानी बाँकेले विद्यालयका विद्यार्थीलाई साइबर कानुनसम्बन्धी एकदिने सचेतना कक्षा संचालन गरेको छ।

बैजनाथ गाउँपालिका-१, चिसापानीस्थित दीपज्योति सेकेन्डरी स्कुलका कक्षा ८,९ र १० मा अध्ययन गर्ने विद्यार्थीलाई साइबर कानुनसम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

विद्यार्थीलाई प्रहरी सहायक निरीक्षक नीरज सिंहले साइबर कानुनसम्बन्धी विभिन्न सचेतना प्रदान गरेका थिए। प्रसनि सिंहले पछिल्लो समयमा विकसित प्रविधि प्रयोग गर्दै सामाजिक संजालल प्रयोगकर्ताले सामाजिक सन्जालबाट विभिन्न विषय अमर्यादित तरिकाले प्रचारप्रसार गरी समाजमा एक किसिमको अपराध गरिरहेको अवस्थामा विद्यार्थीलाई यसबाट बचाउन साइबर कानुन कक्षा सम्बालन गरिएको बताए।

साइबर अपराधले समाजमा ठूला दुर्घटना निम्त्याउनुका साथै व्यक्तिको पद, प्रतिष्ठा र सामाजिक सम्पत्तिमा समेत ठूलो क्षति पुर्याउन सक्ने हुनाले यसबाट बच्न तथा समाजमा चेतना फैलाई अरुलाई पनि यस्तो कार्य नगर्नका लागि उत्प्रेरणा फैलाउन विद्यार्थीमार्फत सचेतना प्रदान गरिएको उनले बताए।

उनले साइबर अपराधका बारेमा परिचय, साइबर अपराधका प्रकार, साइबर अपराधबाट बच्ने उपाय साइबर अपराधसम्बन्धी कानुनी व्यवस्था तथा साइबर अपराध भएमा उजुरी गर्ने तरिकालगायतका विषयमा विद्यार्थीलाई सचेतना प्रदान गरेका थिए।

प्रहरीले जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीलाई साइबर अपराध तथा लागुऔषध दुर्व्यसनविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम नियमित सञ्चालन गर्दै आएको जनाएको छ। गोरखापत्रबाट

प्रकाशित: १ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार