Technology Khabar २ फाल्गुन २०८०, बुधबार
काठमाडौं ।
आईपी पीएबीएक्स सेवा सञ्चालन गर्नेले विदेशबाट कल ल्याई कनेक्सन वा इन्टरकनेक्सन गर्न नपाउने पाउने भएका छन्।
आईपी पीएबीएक्स प्रयोग गर्ने सम्बन्धित संघ/संस्थाले सेवा सञ्चालन गर्न प्रयोग भएको नेटवर्कमा पब्लिक आईपीको प्रयोग गरी नेपाल बाहिरबाट कल ल्याई पीएसटीएन/पीएलएमएन/आईएसडीएन नेटवर्कमा कनेक्सन/इन्टरकनेक्सन गर्न पाउने नपाउने नेपाल दूरसञ्चार प्राधिकरणले आइबार सूचना प्रकाशित गर्दै जानकारी दिएको छ।
आईपी पीएबीएक्स (इन्टरनेट प्रोटोकल प्राइभेट ब्रान्च एक्सचेञ्ज) सिस्टम हो। जसले टेलिफोन एक्सटेन्सनलाई सार्वजनिक स्विच्ड टेलिफोन नेटवर्क (पीएसटीएन)सँग जोड्छ र व्यवसायका लागि आन्तरिक सञ्चार प्रदान गर्छ।
कुनै पनि संस्थाबाट माग भई आएमा प्राधिकरणबाट दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमति प्राप्त सेवा प्रदायकले अनुमतिपत्रको अधिनमा रही निवेदक संस्थाको मूख्य कार्यालय तथा नेपाल भित्र रहेको शाखा कार्यालयहरुमा मात्र आईपी पीएबीएक्स प्रयोग गरी भ्वाइस कम्युनिकेसन गर्न सकिने व्यवस्था गरिनेछ।
यस सेवाको नकारात्मक असरलाई न्यूनीकरण गर्न सम्बन्धित सेवा प्रदायक र सेवा प्राप्त गर्ने संघ/संस्था बीच आपसी समझदारीमा एसआईपीको पोर्ट नम्बर/सेसन लिमिट गर्न सक्ने र यदि पोर्ट नम्बर/सेसन लिमिट गर्ने सन्दर्भमा दुई पक्ष बीच आपसी समझदारी नभएमा प्राधिकरणबाट हुने निर्णय अन्तिम निर्णय हुने प्राधिकरणले जनाएको छ।
प्रकाशित: २ फाल्गुन २०८०, बुधबार