मौसम पूर्वानुमान प्रविधि जडानको तयारी

Technology Khabar १ फाल्गुन २०८०, मंगलवार

मौसम पूर्वानुमान प्रविधि जडानको तयारी
सांकेतिक/फाइल तस्बिर

काठमाडौं ।

जाजरकोटको बारेकोट गाउँपालिकामा मौसम पूर्वानुमान प्रविधि जडानको तयारी गरिएको छ।

बाढी र पहिरोबाट उच्च जोखिममा रहेको बारेकोट गाउँपालिकामा मौसम पूर्वानुमान प्रविधि जडानको तयारी गरिएको हो।

जलवायुसम्बन्धी स्थानीय कार्यमार्फत मानबीय सुरक्षा सुदृढीकरण परियोजनाले बारेकोटमा मौसम पूर्वानुमान प्रबिधि जडानको तयारी गरेको हो।

परियोजना संयोजक रामशोभा मण्डलका अनुसार मौसम पूर्वानुमान प्रविधिले मौसमसम्बन्धी जानकारी दिनुका साथै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसतर्कता अपनाउन सजिलो हुनेछ। प्रविधि जडान तथा प्रविधिसम्बन्धीको जानकारी लिनका लागि मारेकोटका २५ जना युवालाई परियोजनाले तीनदिने तालिम दिइसकेको बताएको छ। गोरखापत्रबाट

प्रकाशित: १ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया