यस्ता छन्, सूचना प्रविधिका क्षेत्रका ६ महिनाको उपलब्धि

Technology Khabar १ फाल्गुन २०८०, मंगलवार

यस्ता छन्, सूचना प्रविधिका क्षेत्रका ६ महिनाको उपलब्धि
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। फाइल तस्बिर

काठमाडौं ।

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको बजेटको अर्धवार्षिक समीक्षा गरेको छ। अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा अप्टिकल फाइबरमा आधारित घरघरमा फाइबर (Fiber To The Home -FTTH) सेवा हालसम्म ७४ जिल्लामा पुगेको उल्लेख छ।

यस्तै मोबाइल सेवा, एफटीटीएस र आवश्यकता अनुसार वायरलेस ब्रोड ब्यान्ड सहित नमूना दूरसञ्चार सेवा पुर्याउने कार्यक्रम अन्तर्गत सबै प्रदेश राजधानी सहित पहिलो चरणमा कार्यक्रम सञ्चालन गर्न १९ ओट जिल्ला छनौट गरी कार्यक्रम कार्यान्वयनको क्रममा रहेको बताइको छ।

नागरिक एपमा यस अवधिमा थप ५ ओटा सेवालाई आवद्ध गराई हालसम्म ६२ ओटा सरकारी सेवा आवद्ध भएको र सवारी चालक अनुमतिपत्रलाई नागरिक एप मार्फत कार्यान्वयनमा ल्याइएको छ।

कागजरहित सरकारको प्रवद्र्धन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका सबै विभागमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ। सरकारी कार्यालयको वेबसाइटमा एकरुपता कायम गर्न कमन टेम्पेटको अवधारणा बमोजिम हालसम्ममा ८० ओटा नियाय जीआईओएमएसमा आवद्ध भई ४७ ओटा कार्यालयमा एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली जीआईओएमएस कार्यान्वयनमा ल्याइएको अर्धवार्षिक समीक्षामा उल्लेख गरिएको छ।

हालसम्म २८१ ओटा विभिन्न सरकारी निकायहरुको ४१९ ओटचा प्रणालीहरुको सेक्यूरीटी अडिट सम्पन्न गरी प्रणालीको सुरक्षाको लागि सुझाव दिइएको समीक्षामा उल्लेख गरिएको छ।

सरकारद्वारा सञ्चालनमा रहेका विभिन्न वेबसाइट तथा वेब एप्लिकेशनहरुको अनुगमन गर्न वेबसाइट/एप्लिकेशन अनुगमन प्रणाली प्रयोगमा ल्याइएको छ।

२००८ सालदेखि हालसम्म प्रकाशन भएका नेपाल राजपत्रको विद्युतीय अभिलेखीकरण गरिएको र नयाँ प्रकाशन भएका राजपत्र २४ घण्टा भित्र मुद्रण विभागको वेबसाइटमा अपलोड गर्ने व्यवस्था मिलाइएको जानकारी दिइएको छ।

टेलिभिजन च्यानको सिग्नल वितरण गर्न इजाजत प्राप्त प्रसारण संस्थाहरुले उपभोक्ताबाट लिन पाउने शुल्कलाई वैज्ञानिक, व्यवस्थित र पारदर्शी बनउन आलाकार्ट प्रणाली लागू भएको समीक्षामा दाबी गरिएको छ।

साइबरजन्य जोखिम न्यूनीकरणका लागि साइबर सुरक्षा अनुगमन केन्द्र चौबिसै घण्टा सञ्चालनमा रहेको पनि समीक्षामा जानकारी गराइएको छ।

 

प्रकाशित: १ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया