रुसद्वारा आफ्नो सेनाले इलन मस्कको स्टारलिंक प्रयोग गरेको अस्वीकार

Technology Khabar २९ माघ २०८०, सोमबार

काठमाडौं ।

क्रेमलिनले आफ्नो सेनाले इलन मस्कको स्टारलिंक प्रयोग गरेको अस्वीकार गरेको छ। क्रेमलिनले इलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट प्रणाली रुसमा प्रयोगको लागि प्रमाणित नभएको आधिकारिक रूपमा रूसलाई आपूर्ति नगरिएकाले यसलाई प्रयोग गर्न नसकिने सोमबार बताएको रोयटर्सले उल्लेख गरेको छ।

युक्रेन रूससँगको द्वन्द्वमा सैन्य संचारको लागि स्टारलिंक प्रयोग गरेको छ। रूसी सेनाले युक्रेनका केही भागहरूमा स्टारलिंक प्रयोग गरिरहेको आइतबार यूक्रेनले बताएको छ।

पत्रकारहरूसँगको कुराकानीमा , क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेः “यो हामीसँग प्रमाणित प्रणाली होइन; तदनुसार, यसलाई आधिकारिक रूपमा यहाँ आपूर्ति गर्न सकिँदैन र आधिकारिक रूपमा आपूर्ति गरिएको छैन। तदनुसार, यसलाई आधिकारिक रूपमा कुनै पनि रूपमा प्रयोग गर्न सकिँदैन।’’

“यसैले यहाँ, सायद, हामीले कीभ शासन र उद्यमी मस्क बीचको चर्चामा हस्तक्षेप गर्नु हुँदैन,’’ उनले युक्रेनी सरकारलाई संकेत गर्दै भने।

युक्रेनी रक्षा मन्त्रालयको मुख्य खुफिया निर्देशनालयले आइतबार एक विज्ञप्तिमा स्टारलिंक टर्मिनलहरू रूसको ८३औं एयर असल्ट ब्रिगेड जस्ता यूनिटहरुले प्रयोग गरिरहेको बताइएको छ। जुन डोनेट्स्कको पूर्वी क्षेत्रको क्लिश्चिभका र एन्ड्रिइभका सहरहरू नजिक लडिरहेको छ।

आइतबार एक्समा पोस्ट गर्दै मस्कले, ‘‘हामीलाई थाहा भएसम्म कुनै पनि स्टारलिंक प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रुसलाई बेचेको छैन।’’

‘‘केही झूठो खबरमा स्पेसएक्सले रुसलाई स्टालिंक टर्मिनल बेचेको दाबी गरिएको छ,’’ मस्कले एक्स पोष्टमा भने जुन उनको स्वामित्वमा छ, ‘‘ यो स्पष्ट रूपमा गलत हो।’’

प्रकाशित: २९ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया