सिटिजन्स इन्टरनेशनल बैंकको ६ वटा नयाँ शाखा संचालनमा

Technology Khabar ३१ बैशाख २०७५, सोमबार

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकै पटक विभिन्न स्थानमा ६ वटा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

बैशाख ३१ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले कम्प्यूटरमा क्लिक गरी इलामको माङसेबुङ , सोलुखुम्बुको लिखु पिके ,रामेछापको सुनापती, काभे्रको तिमाल , सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि गरि कुल ६ वटा शाखाहरु संचालनमा गरे ।

बैंकले यहि आ.व २०७४।७५ मा पाल्पाको छहरा ,नवलपरासीको भुमही ,मकवानपुरको मनहरी ,बर्दियाको बढैयाताल ,झापाको हल्दिबारी ,महोत्तरीको औरहि हुम्लाको सर्केगाड, कास्कीको सिमलचौर र दाङको बंगलाचुली शाखाहरु संचालनमा ल्याइसकेको छ ।

मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमानै बैंकले प्युठानको झिमरुक , पूर्व रुकुमको भूमे , हुम्लाको नाम्खा , अछामको ढकारी , कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा यसै आ.वमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी दिए ।

बैंकले ७४ वटा शाखा, ६९ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाइहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाइ आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित: ३१ बैशाख २०७५, सोमबार

तपाइको प्रतिक्रिया