दियालो टेक्नोलोजिज र जापानको सीटीआइ कम्पनीबीच सहकार्य, खानेपानी क्षेत्रलाई थप अत्याधुनिक गरिँदै

  • Technology Khabar | २६ माघ २०८०, शुक्रबार
दियालो टेक्नोलोजिज र जापानको सीटीआइ कम्पनीबीच सहकार्य, खानेपानी क्षेत्रलाई थप अत्याधुनिक गरिँदै

काठमाडौं ।

खानेपानीको क्षेत्रमा प्रविधि प्रयोग गरि अत्याधुनिक सेवा दिँदै आएको दियालो टेक्नोलोजिज प्रालि र जापानको सीटीआइ इन्जिनियरिङ कम्पनी लिमिटेडबीच प्राविधिक सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौतासँगै दुबै कम्पनीले खानेपानी क्षेत्रको अटोमेसन, खानेपानी समितिहरुको क्षमता विकासको लागि सहकार्य हुनेछ। सम्झौतापत्रमा दियालो टेक्नोलोजिजको तर्फबाट प्रमुख सञ्चालन अधिकृत सरस्वती पोखरेल र सिटिआइ कम्पनीका तर्फबाट प्रोजेक्ट म्यानेजर यासुको कामेगाइले हस्ताक्षर गरे।

यस सहकार्यले स्मार्ट मिटारिंग सहितको प्रबिधि प्रयोगले पानीको उत्पादन र वितरण प्रणालीको अटोमेसन र डिजिटलाइजेसनमा ठुलो फड्को मार्ने लक्ष्य राखिएको छ। साथै यस साझेदारीले सबैको लागि सुरक्षित पानीको पहुँच, खानेपानीको क्षेत्रमा रहेका चुनौती समाधान गर्न प्रविधको प्रयोग, प्रविधि निर्माणमा सहकार्य लगायतका कामहरु गरिनेछ।

दियालो टेक्नोलोजिज खानेपानी क्षेत्रमा प्रविधिको प्रयोग गरि सहजता प्रदान गर्ने कम्पनी हो हाल देशभर ८ सय भन्दा बढि संस्थाहरुमा दियालोले विकास गरेको सफ्टवेयरको प्रयोग भइरहेको छ। सीटीआइ इन्जिनियरिङ इन्टरनेशनल कम्पनी लिमिटेड जापानको अग्रणी कम्पनी हो, जसले पूर्वाधार र दिगो शहरी तथा खानेपानीको क्षेत्रमा प्रविधिको प्रयोग मार्फत सहयोग पुर्याउँदै आएको छ।

प्रकाशित: २६ माघ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ADB pledges 70 bln USD to boost energy, digital connectivity in Asia-Pacific

  • Technology Khabar
  • २६ माघ २०८०, शुक्रबार