क्यान इन्फोटेकको उद्घाटन सत्रमा ड्रोन दुर्घटना

Technology Khabar २५ माघ २०८०, बिहीबार

काठमाडौं ।

कम्प्युटर एशोसियशन नेपाल महासंघ (क्यान) को आयोजना काठमाडौंमा सुरु भएको २९ औं क्यान इन्फोटेकको उद्घाटन सत्रमा ड्रोन क्र्यास भएको छ। उद्घाटन सत्रमा ड्रोनका माध्यमबाट पुष्पवृष्टि गर्ने क्रममा ड्रोन दुर्घटनामा परेको हो।

उडेको केही सेकेन्डमा अनियन्त्रि भई ड्रोन दर्शक दीर्घामा खसेको थियो। ड्रोन दर्शक दीर्घामा रहेका सुनिल थापालाई शरीर माथि झर्न पुगेको थियो। ड्रोनको तलको भाग शरीरमा ठोकिएकाले कुनै चोटपटक भने नलागेको थापाले टेक्नोलोजीखबरलाई बताए।

प्रकाशित: २५ माघ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया