विद्युतीय प्रणालीबाट नक्सा पास कार्य सुरु

  • Technology Khabar | २४ माघ २०८०, बुधबार
विद्युतीय प्रणालीबाट नक्सा पास कार्य सुरु

काठमाडौं ।

दाङको घोराही उपमहानगरपालिकाले विद्युतीय प्रणाली अनलाइनमार्फत घरको नक्सा पास गर्ने कार्य सुरु गरेको छ।

विद्युतीय सुशासन सेवा अन्तर्गत उपमहानगरपालिकाले सेवाग्राहीलाई उपमहानगरपालिकामा आउनुनपर्ने गरी सो सेवा सुरु गरेको हो।

उक्त डाटा राष्ट्रिय सूचना प्रविधि केन्द्र सिंहदरबार काठमाडौँमा समेत सुरक्षित रहने बताइएको छ। यसबाट फाइल राख्न र खोज्न हुने झन्झटसमेत अन्त्य हुने भएको छ।

डाटाको रेकर्डमा कति दर्ता भए, कति सम्पन्न भए र कति इजाजतमा गए भन्ने विषयमा तुरुन्तै जानकारी लिन सकिने व्यवस्था गरिएको इन्जिनियर युवराज पौडेलले जानकारी दिए। उनकाअनुसार अब जग्गाको नापजाँच सम्बन्धित वडाको अमिनबाट हुनेछ।

सर्जिमिन मुचुल्का, सँधियार हस्ताक्षर र १५ दिने सूचना र राजस्व सम्बन्धित सबै वडाबाट हुने भएको छ।

प्रकाशित: २४ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार