क्याफे कफी डे को नयाँ आउटलेट बसन्तपुरमा

  • Technology Khabar | २८ बैशाख २०७५, शुक्रबार
क्याफे कफी डे को नयाँ आउटलेट बसन्तपुरमा

काठमाडौं ।

काठमाडौं । भारतीय मल्टिनेशनल कफी ब्राण्ड क्याफे कफी डे (सीसीडी)ले एक वर्षको बीचमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको बसन्तपुर दरवार स्क्वायरमा सीसीडीको नयाँ आउटलेट शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

बसन्तरपुरको आउटलेटको उद्घाटन शुक्रबार विश्व बैंकका नेपाल प्रतिनिधि रशिद रियानले गरे । कफी सपमा कफीका बिभिन्न भेराइटीका अलावा फाष्टफुड पनि उपलब्ध हुनेछ ।

सीसीडीको नेपालमा बजारीकरण गरिरहेको स्ताभ्या इन्टरनेशनलले एक वर्षअघि ललितपुरको कुमारीपाटीमा पहिलो आउटलेट स्थापना गरेको थियो ।

नेपालमा बढ्दै गएको कफी कल्चरलाई लक्षित गरी भविश्यमा नेपालकै सबैभन्दा ठूलो कफी चेन नेटवर्कको रुपमा स्थापित गर्ने लक्ष्यअनुसार सीसीडीको बजारीकरण गरिरहेको स्ताभ्या इन्टरनेशनलका प्रमुख रवि तेब्रेवालले जानकारी दिए ।

‘पछिल्लो केहि वर्षहरुमा नेपालमा कफी कल्चर निकै बढेको छ, त्यसअनुसार स्तरीय कफी ब्राण्ड कमै रहेको अवस्थामा हामीले सीसीडी सुरु गरेका हौं, छिट्टै यसलाई नेपालकै ठूलो कफी चेन नेटवर्क बनाउनेछौं,’ उनले भने ।

कम्पनीले काठमाडौंकै दरबारमार्ग र बानेश्वरमा पनि छिट्टै सीसीडीका नयाँ आउटलेटहरु खोल्ने जानकारी दिएको छ ।

भारतबाट सुरु भएको सीसीडीको संसारभर १७०० भन्दा बढी आउटलेटहरु छन् । भारतका प्रायः सबै मुख्य शहरका साथै मलेसिया, सिंगापुर, थाइल्याण्ड लगायतका दक्षिण पूर्वी एशिया, युरोप, अफ्रिका र अमेरिकामा पनि यसका आउटलेटहरु छन् ।

प्रकाशित: २८ बैशाख २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...