चिनियाँ गेमिङ्ग कम्पनी टेन्सेन्टद्वारा १२० भन्दा बढी कर्मचारीलाई बर्खास्त

  • Technology Khabar | २१ माघ २०८०, आईतवार
चिनियाँ गेमिङ्ग कम्पनी टेन्सेन्टद्वारा १२० भन्दा बढी कर्मचारीलाई बर्खास्त

काठमाडौं ।

चिनियाँ विशाल प्रविधि कम्पनी टेनसेन्टले सन् २०२३ मा भ्रष्टाचार, अनियमितता तथा जालसाजीसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा १२० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ।

हङकङमा सूचिकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता र लोकप्रिय सुपर–एप विच्याटको लगानीकर्ता हो।

टेन्सेन्टका संस्थापक पोनी माले सन् २०२२ मा आफ्नो कम्पनीमा भएको भ्रष्टाचारको स्तरलाई ‘स्तब्ध पार्ने’ घटनाका रूपमा उल्लेख गरेका छन्।

टेन्सेन्टका अनुसार गत वर्ष ७० भन्दा बढी आचारसंहिता उल्लङ्घनका घटना भएका थिए।

समूहले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “१२० जनाभन्दा बढीलाई कम्पनीबाट बर्खास्त गरिएको छ र करिब २० सचेत गराइएको छ ।

बर्खास्त गरिएका कर्मचारीमध्ये केही समूहको समाचार, खेल र फिल्मजस्ता सामग्रीप्रसारणका लागि जिम्मेवार परामर्श (पीसीजी) शाखाका थिए ।

अन्यले टेनसेन्टको चीनको ठूलो बजार हिस्सा टेलिमेडिसिन एपहरूको समूहको चिकित्सा सेवा शाखामा काम गर्थे ।

टेन्सेन्टले सजाय पाएकामध्ये एक कर्मचारीलाई चार वर्षको जेल सजाय र एक लाख युआन अर्थात् १४ हजार अमेरिकी डलर बराबर जरिवाना गरिएको छ ।

चीनमा १८ वर्षमुनिका खेलाडीका लागि अनलाइन गेमिङ टाइममा लगाइएको प्रतिबन्धलेसमूहको नाफामा धक्का पुगेको समय कर्मचारीहरूलाई विभिन्न बहानामा निस्काशित गरिएको थियो ।

टेन्सेन्टले विशेष गरी युरोपमा थप अवसरहरूको खोजी गरिरहेको छ, जहाँ यसले प्रमुख गेमिंग स्टुडियोहरूमा वैध लगानीको अवसर प्राप्त गरेर आफ्नो स्थितिलाई बलियो बनाइरहेको छ ।

प्रकाशित: २१ माघ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...