
काठमाडौं ।
काठमाडौं । स्वास्थ्य सेवामा ग्राहको पहुच सहज र सर्वसलभ बनाउने लक्ष्यका साथआइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल प्रा.लि. बिच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सो सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म ब्लु क्रस अस्पतालबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र ब्लु क्रस अस्पताल का तर्फबाट सदस्य सचिब तथा कार्यकारी समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरे ।
प्रकाशित: २८ बैशाख २०७५, शुक्रबार