
काठमाडौं ।
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स र गण्डकी विकास बैंक, पोखरा वीच आज बिहिवार बैंकासुरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा नेशनल लाईफ इन्स्योरेन्सको तर्फवाट प्रमुख कार्यकारी अधिकृत भरत वस्नेत र गण्डकी विकास बैंकका तर्फवाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार उक्त बैंकका सम्पूर्ण शाखाहरु मार्फत नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका सबै बीमालेखहरु खरीद गर्न सकिने ब्यवस्था गरिएको छ साथै अन्य आवश्यक जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु उपलब्ध हुनेछन् ।
सो हस्ताक्षर समारोहमा दुबै प्रमुख कार्यकारी अधिकृतहरुले यसवाट सर्वसाधारणको बीमा सेवाको पहुचमा बृद्धि गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
प्रकाशित: २७ बैशाख २०७५, बिहीबार