Technology Khabar १८ माघ २०८०, बिहीबार
काठमाडौं ।
हाई–स्पीड मोटरबाइकहरूको लागि पर्यायवाची नाम मानिने गरिएको कावासाकी अब आफ्नो के–रेसर प्रोजेक्ट (परियोजना) को साथ भविष्यमा ठूलो छलांग लिइरहेको उल्लेख छ।
आफ्नो कावासाकी निन्जा एच२आर को लागि परिचित जापानी कम्पनीले अब यो इन्जिनियरिङ चमत्कारलाई आकाशमा उडाउन लागेको छ। कम्पनीको यो पछिल्लो उद्यम एक मानवरहित ड्रोन भएको र यो विशेष गरी कार्गो डेलिभरीको लागि डिजाइन गरिनुका साथै यो समान सुपरचार्जड इन्जिनद्वारा संचालित हुनेछ।
ड्रोनले २०० किलोग्राम पेलोड बोक्न सक्छ
कावासाकीले सन् २०२१ मा ‘के–रेसर एक्स१’ अनम्यान्ड (मानवरहित) भर्टिकल टेकअफ र ल्यान्डिङ (भीटीओएल) ड्रोन पहिलो पटक लन्च गरेको थियो। कावासाकी हेभी इन्डस्ट्रिजको योजनाले कावासाकी मोटर्स र कावासाकी रोबोटिक्सको विशेषज्ञताहरुलाई एकीकृत गर्नेछ।
यो इन्टरडिसिप्लिनेरी अप्रोचले २०२० को दशकमा कम्पनीको लागि नयाँ दिशाको संकेत गर्दै “नियर–फ्युचर मोबिलिटी” लाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको जनाइएको छ।
वास्तवमा, के–रेसरको मिशन केवल उच्च उडानको लागि मात्र नभएर यो वास्तविक–विश्वका समस्याहरू समाधान गर्ने बारे भएको उल्लेख गरिएको छ। विशेष गरी, जापानको कठिन क्षेत्रहरूमा, कार्गो ढुवानी गर्ने क्षमताको साथ, कावासाकीले समस्यालाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ। साथै ड्रोनको साथीको रुपमा रहेको डेलिभरी रोबोटले ढोकासम्मको सिमलेस लास्ट–माइल डेलिभरी सुनिश्चित गर्नेछ।
कावासाकीले सन् २०२४ को जनवरीमा के–रेसर एक्स२ अनावरण गरेको छ। यो अपग्रेड गरिएको संस्करणले २०० किलोग्राम (लगभग ४४१ पाउन्ड) बोक्न सक्ने र यो जापानमा मानवरहित विमानको लागि रेकर्ड तोड्ने उपलब्धि भएको जनाइएको छ।
प्रकाशित: १८ माघ २०८०, बिहीबार