
काठमाडौं ।
काठमाडौं ।सनराइज बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लिमिटेडले सन्राइज लगानी व्यवस्थापन सेवा Sunrise Portfolio Management Services उपलब्ध गराउने भएको छ।
नेपाल धितोपत्र बोर्डद्धारा आयोजित प्रथम पूँजी बजार प्रदर्शनीको अवसरमा सन्राइज बैंकका प्रमूख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य, तथा सन्राइज क्यापिटलका संचालकहरुको उपस्थितिमा एक समारोह बिच सो सेवा शुभारम्भ गरियो । सन्राइज क्यापिटल लिमिटेडले लगानी व्यवस्था सेवा अन्तरर्गत डिस्क्रीस्नरी, नन् डिस्क्रीस्नरी र कस्टोडियल सेवा उपलब्ध गराउने भएको छ ।
सन्राइज क्यापिटलको लगानी व्यवस्थापनको व्यवसायमा, लामो समय देखी अनुभव भएका दक्ष जनशक्तिको समुहले शेयर बजारको शुक्ष्म अध्ययन तथा विषयमा सूचीकृत कम्पनीहरुका विष्लेशण गरी लगानी मार्फत उत्तम प्रतिफल दिने योजना रहेको छ ।
ग्राहकको बचतलाई लगानी गरी उच्चतम प्रतिफलको लागि कम्पनी सधैं तत्पर रहने जनाईएको छ ।
प्रकाशित: २६ बैशाख २०७५, बुधबार