
काठमाडौं ।
गायिका टेलर स्विफ्टको डीपफेक भिडियो भाइरल भए पछि एक्सले स्विफ्टको सर्च रोकेको छ।
तस्बिरहरू एक्स र टेलिग्राम सहित सोशल मिडिया साइटहरूमा पोस्ट गरिएको थियो।
एक्सको बिजनेस अपरेसन प्रमुख जो बेनारोकले सुरक्षालाई प्राथमिकता दिन यो ‘अस्थायी कार्य’ भएको बताए।
साइटमा स्विफ्ट खोज्दा, एउटा सन्देश देखा पर्दछः ‘केही गडबड भयो। पुनः लोड गर्ने प्रयास गर्नुहोस्।’

यस गत हप्ताको सुरुवातमा गायिकाको नक्कली ग्राफिक तस्बिर साइटमा देखिएको थियो।
केही भाइरल भएको र लाखौं पटक हेरिएको थियो। जसका कारण अमेरिकी अधिकारी र गायिकाका प्रशंसकलाई चिन्तित बनाएको थियो।
नक्कली तस्बिर सेयर गर्ने पोस्ट र अकाउन्ट उनका प्रशंकहरुले चिन्ह लगाएका थिए। उनीहरुले ‘टेरल स्विफ्टलाई सुरक्षित गर्नुहोस्’ भन्ने शब्दहरु प्रयोग गरेको उनको वास्तविक तस्बिर र भिडियोहरु प्लेटफर्ममा अपलोड गरेका थिए।
स्विफ्टको तस्बिर भाइरल हुँदा एक्सले शुक्रबार एक विज्ञप्ति जारी गरेको छ, ‘प्लेटफर्ममा गैर–सहमतिपूर्ण नग्नता पोस्ट गर्न ‘कडा रूपमा निषेधित’ छ।’
‘हामीसँग त्यस्ता सामग्रीप्रति शून्य सहनशीलता नीति छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा टोलीहरूले सक्रिय रूपमा सबै पहिचान गरिएका तस्बिरहरू हटाउने र तिनीहरूलाई पोस्ट गर्न जिम्मेवार अकाउन्ट विरुद्ध उपयुक्त कारबाहीहरू गरिरहेका छन्।’
यो स्पष्ट छैन कि एक्सले साइटमा स्विफ्टका लागि सर्च ब्लक गर्न थालेको छ, वा साइटले विगतमा अन्य सार्वजनिक व्यक्तित्वहरू वा शब्दहरूको लागि सर्च अवरुद्ध गरेको छ।
बीबीसीलाई आफ्नो इमेलमा, बेनारोचले भने कि यो कार्य ‘धेरै सावधानीका साथ गरिएको छ किनकि हामी यस मुद्दामा सुरक्षालाई प्राथमिकता दिन्छौं।’
प्रकाशित: १५ माघ २०८०, सोमबार