मंगल ग्रहमा ७२ उडान भरेको इन्जेन्युइटी हेलिकप्टर अब उड्न नसक्ने

Technology Khabar १५ माघ २०८०, सोमबार

काठमाडौं ।

पृथ्वी बाहिरको संसारमा उडान भर्ने नासाको इन्जेन्युइटी मार्स हेलिकप्टर पुन उडान भर्न नसक्ने गरी क्षति भएको छ।

एक विज्ञप्तिमा नासाले भन्यो, ‘विमानलाई आपतकालीन अवतरण गर्न बाध्य पारिएको थियो। जसका कारण यसको रोटरमा क्षति पुगेको थियो।’

नासाका बिल नेल्सनले यस सानो हेलिकप्टरले अपेक्षा भन्दा धेरै उडान गरेको बताए।

इन्जेन्युइटीले सौर्यमण्डलमा भविष्यको उडानको लागि मार्ग प्रशस्त गरेको उनले बताएको बीबीसीले उल्लेख गरेको छ।

१.६ फिट अग्लो इन्जेन्युइटी ड्रोन रोभर पर्सिभेरन्स मार्फत २०२१ मा मंगल ग्रहमा लगिएको थियो। र यसले आफ्नो मिशन लक्ष्यहरू धेरै पार गरेको छ। नासाले प्रायोगिक हेलिकप्टरले केही उडानहरू पूरा गर्न सक्षम हुने आशा गरेको थियो। यसले सञ्चालनको पहिलो वर्ष भित्र २० पटक भन्दा बढी उडान गरेको थियो।

अन्तरिक्ष एजेन्सीले आधिकारिक रूपमा २०२२ मा आफ्नो मिशन विस्तार गरेको र त्यसपछि यसले दर्जनौं थप सफल उडानहरू कार्यान्वयन गरेको छ। मंगल ग्रहको सतहबाट उडान भर्ने इन्जेन्युइटी पहिलो विमान हो।
अघिल्लो हप्ताको बिहीबार र शुक्रबार नासाले इन्जेन्युइटीसँग सम्पर्क गुमाएको थियो। आफ्नो ७२ औं उडानको क्रममा लगभग ४० फिटको उचाइमा ‘क्वीक पप–अप’ मा हुँदा इन्जेन्युइटीले पर्सिभेरन्स रोभरसँग सञ्चार विक्षेद भएको थियो। योसँगै इन्जेन्युइटीले पुन सम्पर्कन नसक्ने त्रास बढेको थियो। तर दुई दिनको सम्पर्क विक्षेद पछि नासा इन्जेन्युइटीसँग सम्पर्क स्थापना गर्न सफल भएको थियो। तर आकस्मिक ल्याडिङ गर्दा विमानको रोटरमा क्षति हुन पुग्यो। योसँगै पृथ्वी बाहिरको ग्रहमा ऐतिहासिक उडान गर्ने विमान पुन उडान गर्न नसक्ने गरी क्षतिग्रस्त हुन पुग्यो।

प्रकाशित: १५ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया