फोनपोइन्ट्स र फोनपेबीच लोयल्टी कार्यक्रम व्यवस्थापनका लागि सम्झौता

  • Technology Khabar | १२ माघ २०८०, शुक्रबार
फोनपोइन्ट्स र फोनपेबीच लोयल्टी कार्यक्रम व्यवस्थापनका लागि सम्झौता

काठमाडौं ।

फोनपोइन्ट्स प्रा.लि. र भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसेज लिमिटेडबीच लोयल्टी व्यवस्थापन कार्यका लागि सम्झौता भएको छ।

सम्झौतापत्रमा फोनपोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेल र फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले हस्ताक्षर गरे। यो सम्झौता माघ १० बुधवारदेखि लागु हुनेछ।

सम्झौताअनुसार फोनपे फोनपोइन्ट्सको इकोसिस्टममा लोयल्टी व्यवस्थापनका लागि सहभागी बन्नेछ। फोनपोइन्ट्सले पारस्परिक रूपमा फोनपे प्रयोगकर्तालाई  प्रशासन, व्यवस्थापन, र लोयल्टी पोइन्टहरू र पुरस्कारहरू समाहित गर्दै व्यापक सेवाहरू प्रदान गर्नेछ।

सम्झौता कार्यक्रममा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने,“हामी लोयल्टी रिवार्ड व्यवस्थापनमा हाम्रो नयाँ साझेदारको रूपमा फोनपोइन्ट्सको साथ अगाडि बढ्ने यात्राको उत्सुकतापूर्वक आशा गरिरहेका छौं। हामी यो साझेदारीले ग्राहकको सन्तुष्टिमा उल्लेखनीय बृद्धि गर्ने आशा गर्दछौं।”

फोनपोइन्ट्स र फोनपे बीचकोे यस सहकार्यले नेपालमा लोयल्टी कार्यक्रम व्यवस्थापनको भविष्यलाई आकार दिनको लागि महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ। दुबै कम्पनीहरू इनोभेशनलाई बढावा दिन, ग्राहक सन्तुष्टि बढाउन र यस रणनीतिक साझेदारी मार्फत व्यापार इकोसिस्टमको वृद्धिमा योगदान गर्न समर्पित हुने जनाएको छ।

प्रकाशित: १२ माघ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...