
काठमाडौं ।
स्ट्रिमिङ साइट ट्विचले स्ट्रिमर्ससँग आफ्नो अधिक राजश्व साझेदारी गर्ने योजना घोषणा गरेको छ।
स्ट्रिमर्सले आफ्नो च्यानलको सदस्यता लिने प्रशंसकहरू मार्फत पैसा कमाउँछन्। जुन बेलायतमा प्रति महिना ३.९९ पाउण्डदेखि सुरु हुन्छ।
शुल्क भुक्तानी पनि क्रियटर्स र ट्विचीबीच ५०/५० प्रतिशत बाढिनेछ।
यो सम्झौता पहिला चर्चित स्ट्रिमर्सलाई दिने गरिन्थ्यो। अब नयाँ सिस्टम अन्तर्गत १०० भन्दा बढी भुक्तानी गर्ने ग्राहक भएको व्यक्तिलाईै अब प्रशंसले दिइएको रकमको ६० प्रतिशत प्राप्त हुनेछ।
यो समाचार मूल फर्म अमेजनले ५०० भन्दा बढी ट्विच कर्मचारीहरूलाई हटाउने घोषणा गरेको दुई हप्ता पछि आएको छ। यो संख्या त्यहाँ काम गर्ने व्यक्तिहरूको एक तिहाइ हो।
ट्विचका प्रमुख कार्यकारी ड्यान क्लेन्सीले तत्कालिन समयमा साइटले २०२३ मा स्ट्रिमर्सलाई एक बिलियन अमेरिकी डलर भुक्तान गरेको बताए। तर साइटले पैसा कमाउन संघर्ष गरिरहेको थियो।
‘हामीले यो पहिले पनि यो भनेको छु … तर म स्पष्ट हुनेछु, हामी यस बिन्दुमा लाभदायक छैनौं,’ उनले प्लेटफर्मको स्ट्रिममा भने।
यसैबीच, हालको आय रिपोर्ट अनुसार अभिभावक फर्म अमेजनले जुलाई देखि सेप्टेम्बरमा ९.९ बिलियनको नाफा कमाएको छ। जुन २०२२ को सोही अवधिमा भन्दा २.९ बिलियन अमेरिकी डलर बढी हो।
ट्विच एक लाइभस्ट्रिमिङ प्लेटफर्म हो, जहाँ दर्शकहरूसँग च्याट गर्दा मानिसहरू सामान्यतया भिडियो गेम्स खेल्छन्।
ट्विच प्लस कार्यक्रम भनिने परिमार्जन गरिएको प्रणाली मेमा लागू हुनेछ।
ट्विचले अनुमान गर्दछ कि यसको मतलब “तीन गुणा धेरै स्ट्रिमरहरू“ ले पूर्वनिर्धारित ५०/५० विभाजन भन्दा राम्रो राजश्व बाँडफाडबाट लाभ उठाउनेछ।
‘स्ट्रिमर्स र तपाईंले निर्माण गर्ने समुदाय ट्विचको जग हुन्,’ क्लेन्सीले एक ब्लग पोस्टमा भनेको बीबीसीले उल्लेख गरेको छ।
‘हामीलाई थाहा छ कि स्ट्रमिङबाट कमाएको राजश्व तपाईको जीवनमा महत्वपूर्ण भूमिका निर्भाह गर्छ।’
नयाँ सम्झौताले साइटको अझ लोकप्रिय प्रयोगकर्ताहरूलाई प्रस्ताव गरिएको ७०/३० राजश्व विभाजनलाई कायम राख्नेछ, जससँग प्रत्येक महिना ३५० भन्दा बढी सशुल्क ग्राहकहरू छन्।
प्रकाशित: १२ माघ २०८०, शुक्रबार