लक्ष्मी सन्‌राइज बैंकले शुरु गर्यो नेपाली डिजिटल बैंकिङ्ग सेवा ‘ओरेन्ज एनएक्सटी’

  • Technology Khabar | ११ माघ २०८०, बिहीबार
लक्ष्मी सन्‌राइज बैंकले शुरु गर्यो नेपाली डिजिटल बैंकिङ्ग सेवा ‘ओरेन्ज एनएक्सटी’

काठमाडौं ।

लक्ष्मी सन्‌राइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ओरेन्ज एनएक्सटी (OrangeNXT) को थालनी  गरेको छ।

एफ १ सफ्ट अन्तर्गतको फोननेक्स्ट (FoneNXT) सँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको छ।

ओरेन्ज एनएक्सटीले मोबाईल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखी लिएर मुद्दती खाता, गोल बेस्ड डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत  सुविधाहरु प्रदान गर्ने बताईएको छ।

बैंककाअनुसार ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ्ग सेवा दिने लक्ष्मी सन्‌राइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउनेछ।

लक्ष्मी सन्‌राइज बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार नेपालको  डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा ओरेन्ज एनएक्सटी कोशेढुङा साबित हुन सक्छ । परम्परागत मोबाईल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा  विकास गर्दै, ओरेन्ज एनएक्सटी मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गरिनेछ।

फोनएनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ्ग प्रदान गर्ने मूलभुत उद्देश्यले ओरेन्ज एनएक्सटीको विकास गरिएको हो ।

प्रकाशित: ११ माघ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...