Technology Khabar ९ माघ २०८०, मंगलवार
काठमाडौं ।
सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकाय अन्तर्गत स्नातकोत्तर एमएससी कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजमेन्ट कार्यक्रमका लागि यस शैक्षिक सत्रमा नयाँ विद्यार्थी भर्ना सुरु गर्ने भएको छ।
विश्वविद्यालयले स्नातकोत्तर एमएससी कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजमेन्ट कार्यक्रमका विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गर्ने भन्दै आज माघ ९ गते सूचना जारी गर्दै आवेदन माग गरेको छ।
प्रवेश परीक्षामा सहभागी हुन इच्छुकले सुदूरपश्चिम विश्वविद्यालयको वेबसाइट मार्फत माघ ९ गतेदेखि फागुन १४ गतेसम्म फाराम भर्न सक्नेछन्।
आवेदन फर्म शुल्क ३ हजार रुपैयाँ तोकिएको छ।
विश्वविद्यालयले कुल ३० विद्यार्थी भर्ना लिने गरी आवेदन माग गरेको हो। जसमा नियमित तर्फ खुल्ला २, स्टाफ १ र महिला १ गरी ४ जना र पूर्ण शुल्कमा १८ जना र प्रोयोजित ८ जनालाई भर्ना लिनेछ।
प्रवेश परीक्षा फागुन १९ गते ११ बजे केन्द्रीय क्याम्पस सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा हुनेछ।
आवेदन दिने विद्यार्थीको न्यूनतम योग्यतामा सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुलर इन्जिनियरिङ, हाइड्रोपावर इन्जिनियरिङ, एग्ररिकल्चर इन्जिनियरिङ र आर्किटेक्चर वा सो सरहको शैक्षिक कार्यक्रममा स्नातक तहमा कम्तिमा ४५ प्रतिशत वा सीजीपीए अफ २ (४ स्केल) बराबरको अंक प्राप्त गरेको हुनु पर्ने सूचनामा उल्लेख छ।
प्रकाशित: ९ माघ २०८०, मंगलवार