ताजा समाचार

टेन्सेन्टको रियोट गेम्सले विश्वव्यापी कार्यबलको ११ प्रतिशत कटौती गर्ने

टेन्सेन्टको रियोट गेम्सले विश्वव्यापी कार्यबलको ११ प्रतिशत कटौती गर्ने
Global IME Bank

टेन्सेन्ट होल्डिङको रियोट गेम्सले ५३० रोजगारी कटौती गर्ने बताएको छ। यो कम्पनीको विश्वव्यापी कार्यबलको करिब ११ प्रतिशत हो।

कर्मचारीहरूलाई लेखेको पत्रमा, सीईओ डिलन जडेजाले भने, ‘हाम्रो लागतहरू धेरै बढेको र टिकाऊ भइरहेको छैन।’

कोर टिम बाहिरका टोलीले कटौतीतको सबैभन्दा ठूलो प्रभावित हुने लस एन्जलस आधारित रोइटले भनेको छ।

अनलाइन गेमिङ कम्पनीले लिग अफ लिजेन्ड्स, भ्यालोरेन्ट, टिमफाइट ट्याक्टिक्स र वाइल्ड रिफ्ट जस्ता लाइभ खेलहरूको पोर्टफोलियोमा ध्यान केन्द्रित गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ।

रियोट गेम्स गेमिङ उद्योगमा रोजगारी कटौती गर्ने पछिल्लो कम्पनी हो।

गत वर्ष अमेजन र टिकटकको मुल कम्पनी बाईटडान्सले आफ्नो गेमिङ डिभिजनमा कटौती गरेका थिए।

गेमिङ क्षेत्रमा रोजगारी गुमाउनु आंशिक रूपमा सन् २०२० मा महामारीको सुरुमा भएको सामूहिक भर्तीलाई मानिएको छ।

Sajilo Visa
easy care