काठमाडौं ।
काठमाडौं । महालक्ष्मी विकास बैंकको बैशाख २१ गते सम्पन्न भएको १६औँ वार्षिक साधारणसभाबाट संचालक राजेश उपाध्याय समितिको अध्यक्षमा पूनः निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नवनियुक्त अध्यक्ष उपाध्यायलाई आइतवार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
महालक्ष्मी विकास बैंकको १६औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्न राजेश उपाध्याय, संजय गिरी र राजेश कुमार रौनियार र सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्न राहुल अग्रवाल, श्याम सुन्दर रुङ्गटा र रुपेन्द्र पौडेललाई चयन गरेको छ ।
सोही सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीमा ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको बैंकले जनाएको छ ।
प्रकाशित: २३ बैशाख २०७५, आईतवार