
काठमाडौं ।
सरकारले नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमको लागि छनोट भएका स्थानीय तहहरुको नामावली सार्वजनिक गरेको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार उक्त कार्यक्रमका लागि देशभरबाट १०४ स्थानीय तहहरु छनोट भएका हुन्।
सूचनाअनुसार नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आ.व. २०८०/०८१ को कार्यक्रम सञ्चालनका लागि पुस ५ गते प्रकाशित सूचना बमोजिम आवेदन दिने स्थानीय तहहरु मध्ये तोकिएको योग्यता र आधार पूरा गरेका स्थानीय तहहरु छनोट भएका हुन्।
मन्त्रालयकाअनुसार स्थानीय नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि माघ २ गतेको मन्त्रीस्तर निर्णयानुसार छनोट भएको जानकारी दिएको छ।
सूचीअनुसार कोशी प्रदेशका २० स्थानीय तहहरु मधेश प्रदेशका १७ स्थानीय तह, बागमतीका १७ ओटा, गण्डकीका १२ ओटा, लुम्बिनीका १५ ओटा, कर्णालीका ११ ओटा र सुदूरपश्चिमका १२ ओटा स्थानीय तहहरु रहेका छन्।
प्रकाशित: ७ माघ २०८०, आईतवार